काठमाडौँ – नेपालगञ्जमा गरिएको परीक्षणमा दुई सय ५३ जना कोरोना संक्रमित पुष्टि भएको छ। अस्पतालले बिहीबार संकलन गरेको ३ सय २८ वटा नमूना परीक्षणमा २ सय ५३ पोजिटिभ आएको हो।
२ सय ५३ मध्ये बाँकेका दुई सय चार जना छन्। त्यसमा पनि नेपालगञ्ज उपमहानगरपालिकाका एक सय ४८ जना रहेका छन्। अस्पतालका अनुसार, संक्रमित हुनेमा दुई वर्षदेखि ८२ वर्षसम्मका छन्। २० देखि २९ वर्ष उमेर समूह बढी प्रभावित रहेका छन्।
प्रतिक्रिया