काठमाडौँ – शुक्रबार भारतमा एकैदिन ३ लाख ८६ हजार ४५२ कोरोनाभाइरस संक्रमित थपिएका छन् । भारतको कूल भाइरस संक्रमित संख्या १ करोड ८७ लाख ६२ हजार ९७६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३४९८ संक्रमितको मृत्यु भएको छ । कूल मृतक संख्या २ लाख ८ हजार पुगेको छ । ३१ लाख ७० हजार सक्रिय संक्रमित पुगेका छन् ।
एकैदिनमा संक्रमित र मृत्यु भएको यो सर्वाधिक भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया