इजरायलमा पर्व मनाउने क्रममा भागदौड मच्चिँदा ३८ जनाको मृत्यु भएको छ ।
हासिडिक यहुदी पर्व मनाउने क्रममा भेला भएका दशौं हजार मानिसहरुबीच भागदौड मच्चिँदा कम्तीमा ३८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
उत्तरी इजरायलस्थित माउन्ट मेरोनको फेदीमा यहुदी पर्व मनाउन दशौं हजार मानिस भेला भएका थिए । भागदाैडमा परी सयाैँ मानिसहरु घाइते भएको बताइएको छ ।
आपत्कालीन सेवा प्रदायकहरूले घटनास्थलमा घाइतेहरूको उपचार गरिरहेका छन् । तर धेरै भिड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उनीहरुले बताएका छन् ।
हरेक वर्ष मनाइँने उक्त पर्व कोरोना भाइरसको महामारीका कारण अघिल्लो वर्ष रोकिएको थियो । यसपालिको कार्यक्रममा एक लाखभन्दा बढी मानिस सहभागी भएका थिए । नाचगान चलिरहेका बेला एक्कासी भागदौड मच्चिएको हो । भागदौडको कारण भने हालसम्म खुलेको छैन ।
प्रतिक्रिया