बुटवल – बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाकाबीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका उनिहरुको आज बिहान मृत्यु भएको हो ।
प्रादेशिक अस्पतालले जानकारी दिए अनुसार बुटवल ११ का ३१ वर्षिय पुरुषको राती २: ३० बजे मृत्यु भएको थियो भने २: ४५ बजे बुटवल १४ का ६६ वर्षिय पुरुषको मृत्यु भएको थियो । त्यसैगरि ३ बजे मायादेबी ६ का ७२ वर्षिया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
उनीहरु २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का संक्रमित ९ गते अस्पताल भर्ना भएका थिए । आज मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।
प्रतिक्रिया