देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशसभा बैठक साढे ४ बजेसम्मका लागि स्थगित

देशान्तर

पोखरा – मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथिको छलफल गर्न बसेको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ । करिब पौने २ बजे शुरु भएको बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिएका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले बैठक साढे चार बजेसम्मका लागि स्थगित भएको प्रदेशसभालाई जानकारी गराएका छन् । साढे चार बजे बस्ने दोस्रो बैठकमा अविश्वास प्रस्तावमाथि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धारणा राख्ने जनाइएको छ । प्रदेशसभामा आजै अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची छ ।