देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नारायणी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

देशान्तर

पर्सा – वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार राति १ बजेर २४ मिनेटमा ४० वर्षीया र ३ बजे ६५ वर्षीया महिलाको मृत्यु भएको हो।

४० वर्षीया महिला बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ र ६५ वर्षीया महिला पर्साको वीरगन्ज महानगरपालिका-२५ सिर्सियाको रहेको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।

बाराकी महिला बैशाख ९ मा अस्पताल भर्ना भएकी थिइन्। सिर्सियाकी महिला भने सोमबार मात्र भर्ना भएको डा. दासले बताए।