काठमान्डौँ- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णय रोक्न माग गर्दै नेता माधवकुमार नेपालसहित नेताहरूले सर्वोच्च अदालतमा दर्ता गरेका रिटको दोस्रो पटक पेशी तोकिएको छ।
आज पनि न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ। आइतबार ३० औं नम्बरमा तोकिएको पेशी सोमबार छैटौं नम्बरमा रहेको छ।
ओलीले आफ्नो समूहविरूद्धको कारबाही रोक्न आदेश मागसहित नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले रिट दायर गरेका थिए।
पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनविपरीत अध्यक्ष ओलीले आफूहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएको भन्दै रिट दर्ता भएको थियो। रिट वैशाख ९ गते सर्वोच्चमा दर्ता भएको थियो।
प्रतिक्रिया