मन्त्रिपरिषद्को नियमित बैठक आज साँझ पाँच बजे बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमण जोखिमबारे छलफल हुने एक मन्त्रीले बताए ।
आजको बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण रोकथामका लागि गरेको सिफरिसबारे छलफल हुने बताइएको छ ।
सीसीएमसीको आइतबारको बैठकले संक्रमण बढेकोस्थानमा निषेधाज्ञासम्बन्धी निर्णय लिने अधिकार स्थानीय प्रशासनलाई दिनुपर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै, सीसीएमसीको बैठकले आवश्यकता अनुसार लकडाउन गर्नुपर्ने प्रस्तावसमेत गरेको छ ।
यस्तै, पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भएका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।
प्रतिक्रिया