देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

देशान्तर

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आज बस्ने भएको छ ।
कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा न्युनिकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूले बैठक बस्न लागेका हु्न् ।


कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् ।


आजको बैठकले उपत्यकामा लकडाउन गर्नेबारे निर्णय गर्नसक्ने बुझिएको छ । यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् ।

काठमाडौं जिल्लामा मात्रै हिजो एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो । उपत्यकाका तीन जिल्लामा झण्डै १५ सय जना संक्रमित भएका छन् ।