काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरू १ हप्ताका लागि बन्द गरेका छन् ।
आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बन्द हुने सेवाहरूमा नागरिकता वितवरण, प्रतिलिपी कागजात, नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नविकरण, संस्था दर्ता तथा नविकरण र पत्रपत्रिका दर्ता नविकरण रहेका छन् ।
प्रतिक्रिया