काठमाडौं – नेप्से घटेर पुरै रातो भएको छ । सातााको पहिलो कारोवार दिन आज आईतबार नेप्से ७५ दसमलव ७९ अंकले घटेर २५ सय ७२ दसमलव २२ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ५६ अंकले घटेर चार सय ६४ दसमलव पाँच बिन्दुमा झरेको छ ।
दुई सय १५ वटा कम्पनीहरुको एक लाख चार हजार ४० पटकको कारोवारमा एक करोड ४६ लाख ९० हजार सात सय २० कित्ता सेयर किनबेच भएकाछन् भने कुल कारोवार रकम सात अर्ब २८ करोड ४१ लाख ९४ हजार नौ सय एक रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक ४२ दसमलव ६५ अंकले घटेर १७ सय ७६ दसमलव ३० बिन्दुमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि चार सय ४० दसमलव ८७ अंकले घटेर १२ हजार सात सय ४३ दसमलव पाँच बिन्दुमा झरेको छ ।
यि बाहेक बिकास बैंक, जलबिद्युत, लघुबित्त, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचक पनि उच्च बिन्दुले घटेकाछन् । आज कुमारी बैंकको संस्थापक सेयरको मुल्य १० प्रतिसततले बढेर एक सय १४ रुपैयाँमाम कारोवार हुंदा चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य आठ दसमलव ४३ प्रतिसतले घटेर १९ सय ५५ रुपैयाँमा कारोवार भएको छ ।
यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ४१ रुपैयाँ अन्तिम मुल्यमा ३९ करोड ५२ लाख ५२ हजार छ सय ६४ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया