देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा भित्तेपात्रो सार्वजनिक

देशान्तर

काठमाडौं । नेकपा (एमाले) भोजपुर काठमाडौं सम्पर्क मञ्चको भित्तेपात्रो सार्वजनिक भएको छ । नयाँ वर्ष २०७८ सालको अवसर पारेर काठमाडौंको कमलादीमा आयोजित विशेष कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री राईकी धर्मपत्नी एवम् प्रदेश १ की प्रथम महिला जांमु इन शेर्पा, पूर्वमन्त्री कृपासुर शेर्पा, प्रदेश सम्पर्क संगठन कमिटी अध्यक्ष ईन्द्र भण्डारीलगायतका नेताहरुको उपस्थिति थियो भने भोजपुरबाट आएर काठमाडौं बस्दै आएका भोजपुरेहरुको बाक्लो उपस्थिति थियो ।

सम्पर्क मञ्च पुर्नगठन भएपछि मञ्चले पहिलोपटक शुभकामना आदानप्रदान, चियापान, प्रशिक्षण तथा भित्तेपात्रो सार्वजनिकको कार्यक्रम आयोजना गरेको हो । बढ्दो कोरोना भाइरसको प्रकोपलाई ध्यानमा राखेर मञ्चले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सावधानीका उपायहरु अपानाएर कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।