देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तत्काल देशव्यापी रुपमा लकडाउन हुँदैन : प्रदीप ज्ञवाली

देशान्तर

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले तत्काल देशव्यापी रुपमा लकडाउन नगर्ने बताएका छन्। आइतबार बालुवाटारमा बसेको एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले लकडाउन अन्तिम समाधान नभएको बताए।

लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ। त्यसले अलिकति पछाडि धकेल्ने मात्रै हो। त्यो आफैंमा अन्तिम समाधान होइन, उनले भने। भर्खरभर्खर अर्थतन्त्र तंग्रिन थालेको हुनाले सकभर अर्थतन्त्रमा, मानिसको जीविकामा प्रतिकूल प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको ज्ञवालीले बताए।

हटस्पटहरुमा आंशिक लकडाउन हुनसक्ने सम्भावना भने उनले व्यक्त गरे। आफूहरुको आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने रहेको उनले बताए।