देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको दोस्रो खोप कार्यक्रम सम्पन्न

देशान्तर

न्युयोर्क – गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको संयोजनममा न्युयोर्क र आसपासमा रहेका नेपाली लगायत विभिन्न समुदायका २४७ जनालाई कोभीडवाट सुरक्षित रहन भ्याक्सिन लगाउने कार्य भव्यताका साथ सम्पन्न भएको छ । संस्थाले क्विन्स हस्पिटल जमैकासँग समन्वय गरी खोप अभियान चलाएको यो दोस्रो पटक हो ।

कार्यक्रममा विहानैदेखी फाउन्डेशनका महासचिव छिरीगं राप्के लामाको संयोजनमा उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिती सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिती सदस्य सुर्य सिंखडा र कार्यसमिती सदस्य ध्रुव कुँवर क्षेत्री विशेष स्वयंसेवकको रूपमा खटिएका थिए ।

हस्पिटल प्रशासनको सौहार्दपूर्ण सहयोगमा आगन्तुकहरूलाई लाईन व्यवस्थापन गर्ने, अनलाईन प्रश्न भरीदिने, भाषिक समस्यामा सहजीकरण गर्ने लगायतका कामहरूमा फाउन्डेशनका स्वयंसेवीहरूको मुख्य भुमीका रहेको थियो।

फाउन्डेशनले अप्रिलको अन्तिम हप्तासम्म क्रमश हरेक शनिवारका दिन बिहान १० वजेदेखी ५ वजेसम्म यसरी नै अस्पतालसँग समन्वय गरी खोप वितरण गर्ने र सोका लागी प्रत्येक वुधवार ३ बजेसम्म संस्थावाट उपलब्ध फारम भरी फाउण्डेशनकै कार्यालय वुडसाईड न्युयोर्कमा वुझाउनुपर्ने कुरा फाउण्डेशनका महासचिव एंव भ्याक्सिन टास्क फोर्सका संयोजक छिरीगं राप्के लामाले वताएका छन्। क्विन्स अस्पताल प्रशासनसँग सहकार्य गर्दै हरेक हप्ताको शनिवारका दिन फाउन्डेशनलाई प्राप्त ५०० जनाले सम्म एकैसाथ भ्याक्सीन लगाउन सक्नेछन, उनले भने ।

संभवत अमेरिकामा नेपाली संघ(संस्थाहरु मध्ये गिरिजा प्रसाद कोईराला फाउण्डेसन अमेरिका च्याप्टरनै पहिलो संस्था हो जसले आजसम्ममा ५०० जना भन्दा धेरै नेपालीहरुलाई क्वीन्स अस्पतालमा खोप लगाउन सफल भयो, प्रवक्ता रामचन्द्र अधिकारी वताए ।

अधिकार, शेर्पा किदुग अमेरीका र घ्याल्सुम्दो सेवा संस्था अमेरीकाको समेत सहयोगमा फाउण्डेसन द्वारा वितरित फाराम भरी नामावली संकलन गरीएको र सोही अनुसार व्यवस्थित रूपमा खोप लगाईएको कुरा यसै फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामा वताउँछन्।

यस भ्याक्सीन कार्यक्रमको अभियानमा क्वीन्स अस्पतालमा नेपाली समुदायका लागी मात्र भनेर छुट्टै सहायता केन्द्र (Help Desk) स्थापना गरिएको छ र उक्त केन्द्रमा स्टेफन मनरो,सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबी को सहयोग टोली रहेको छ।

क्वीन्स अस्पतालका समुदाय बोर्ड सल्लाहकार समितीका अध्यक्ष एंव क्वीन्स डेमोक्र्याटीक डिस्ट्रीक्ट लिडर डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरले फाउन्डेशनसँग हातेमालो गर्दै समुदाय स्तरमा सो खोप अभियान संचालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे। स्मरण रहोस डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरकै पुर्ण सहयोगमा फाउण्डेसनको यो ऐतिहासिक पहिलो खोप कार्यक्रम अप्रीलको ३ तारिखमा सम्पन्न भएको थियो भने दोस्रो खोप कार्यक्रम अप्रीलको १० तारिखमा भव्यताका साथ क्वीन्स अस्पतालमा सम्पन्न भएको हो ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियर,स्टेफन मनरो,सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबीलाई धन्यवाद एंव आभार प्रकट गरेको थियो ।