देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरको छापमा पनि भ्रष्टाचार

देशान्तर

काठमाडौं । देशकै पुरानो र ठूलो केन्द्रीय अस्पताल वीर अस्पतालमा ठूलाठूला भ्रष्टाचार र हुँदै आएका थिए तर अहिले आएर अस्पतालको छाप (स्टाम्प)मा पनि नछोडिएपछि त्यहाँ ठूलै हंगामा मच्चिएको छ ।

पटकपटक अनियमितता भएकोमा राष्ट्रिय सतर्कता केन्द्रले नयाँ खरिद इकाइ बनाई मात्र खरिद गर्न सिफारिस गरेकोमा पनि कुनै कारबाही भएको छैन ।

वीरको भ्रष्टाचारलाई उपकुलपति र कार्यकारी निर्देशक थाहा नपाएझैं गर्छन् भने तर खरिद प्रमुख भगवती ज्ञवाली थपलियालगायतले अनियमितता गर्न छोडेका छैनन् ।

मन्त्रालयले अनियमितताको छानबिन गर्न समिति नै बनाएर काम गरिरहे पनि हालै एउटा घिनलाग्दो र निम्नकोटीको भ्रष्टाचार उजागर भएपछि खरिद प्रमुख थपलिया सहयोगी अरुण महतोको पर्दाफास भएको छ ।

बजारमा ९० रुपैयाँदेखि १०० रुपैयाँमा बन्ने अस्पतालको छाप (स्टाम्प) १ सय ५० वटा बनाउँदा ५ सय २५ रुपैयाँको बिल सार्वजनिक भएपछि अहिले अस्पतालमा हल्लीखल्ली मच्चिएको छ । जाबो छापमा त भ्रष्टाचार गर्न नछोड्नेले करोडौं पर्ने उपकरणहरू सिटी स्क्यान, भेन्टिलेटर, अक्सिजन प्लान्ट बनाउँदा के छोडलान् भनेर सर्वत्र चर्चा चलेको छ ।

बढीमा बजारमा एक सय रुपैयाँ पर्ने अस्पतालको छाप चौरीगंगा सप्लायर्ससँग ५ सय २५ मा खरिद गरिएको बिल सार्वजनिक भएपछि खरिदका हाकिमहरूको नियत छर्लंग भएको हो ।