काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । हिजो बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले दुवै प्रदेश सरकारलाई दिएको समर्थन् फिर्ता लिने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष चित्रबहादुर केसीले आज एक विज्ञप्ती जारी गरेर गण्डकी प्रदेश र लुम्बिनी प्रदेश सरकारविरुद्धका अविस्वासको प्रस्तावको समर्थन गर्ने बताएका हुन् । गण्डकी प्रदेश सरकारको विरुद्धको अविश्वासको प्रस्तावमा भोली छलफल हुँदैछ । उक्त प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन पठाइसकिएको राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
केन्द्रमा केपी ओली नेतृत्वको सरकारले लगातार अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र प्रतिगामी प्रकारका कदमहरु चाल्दै आएको आरोप पनि जनमोर्चाले लगाएको छ । ओलीका पक्षधर र उनकै बाटो अनुशरण गर्ने कार्य र पद्धतिका विरुद्ध आफूहरु खडा भएको पनि जनमोर्चाको भनाइ छ ।
प्रतिक्रिया