देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाका कारण ग्याँस आपूर्ति प्रभावित हुने आशंका

देशान्तर

काठमाडौं – नेपाल एलपी ग्याँस उद्योग सङ्घले आफूसँग भएको खाना पकाउने खाली ग्याँस सिलिण्डर भरेर राख्न उपभोक्तासँग आग्रह गरेको छ । विगतमा कोरोनाका कारण भएको लकडाउनमा पनि ग्याँस आपूर्ति अभाव हुन नदिएको र फेरि कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुने आशङ्कामा खाली ग्याँसका सिलिण्डर तत्काल भरेर भण्डारण गर्न सङ्घले भनेको छ ।

सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार सङ्घलाई खाली सिलिण्डर भरेर भण्डारण गर्न पत्राचार गरेको थियो । सोहीअनुसार सङ्घले उपभोक्तालाई खाली सिलिण्डर भर्न अपिल गरेको छ । भारत विश्वकै सबैभन्दा बढी दैनिक कोरोना प्रभावित हुनेहरुको मुलुक बनिरहेको छ । यस्तो अवस्थामा आपूर्ति प्रभावित हुनसक्ने सम्भावना रहन्छ ।