देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धनगढी एफसीलाई विश्व चर्चित दक्षिण कोरियाली कम्पनी कियाको साथ

देशान्तर

धनगढी – नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी एफसीलाई मुख्य प्रायोजकको रूपमा चर्चित दक्षिण कोरियाली कम्पनी ‘किया’ ले साथ दिएको छ ।  विश्व बजारकै चर्चित कार उत्पादन कम्पनीले धनगढी एफसीसँगको सम्झौतासँगै आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ। धनगढीले बिहीबार किया नेपालसँग मुख्य प्रायोजनको सम्झौता समेत गरेको छ । 

धनगढी एफसीका सुवास शाही र किया नेपालका अनिश लामिछानेले सम्झौता आदान–प्रदान गरेका हुन् ।  गो–ड्रिमर्सको स्वामित्वमा रहेको धनगढी एफसीका अध्यक्ष सुवास शाहीले कियाँसँग जोडिन पाउँदा खुशी व्यक्त गरे । उनले फुटबलमा बहुराष्ट्रिय कम्पनीको लगानी आउनु हर्षको कुरो भएको बताए ।

‘कियाजस्तो बहुराष्ट्रिय कम्पनी फुटबलमा आउनु धेरै राम्रो हो । यसले नेपाली फुटबलको विकास र प्रवर्द्धन गर्नेछ । कियाको संलग्नताले हाम्रो क्लबलाई मात्रै होइन, नेपाली फुटबललाई नै माथिल्लो स्तरमा पु¥याउन सहयोग गर्नेछ,’उनले भने, ‘हाललाई एक वर्षे सम्झौता गरेका छौँ । भविष्यमा दीर्घकालीन योजना सहित हामी एकसाथ अघिबढ्नेछौं ।’

शाहीले नेपालमा फ्रेन्चाइज क्रिकेट भित्र्याउने पहिलो व्यक्ति हुन् । शहीँकै सक्रियतामा नेपालमा पहिलोपल्ट धनगढी प्रिमियर लिग (डीपीएल) मार्फत नेपालमा फ्रेन्चाइज प्रतियोगिताको थालनी भएको थियो । यस पटक उनले फुटबलमालगानी गरेका छन् । 

सम्झौता पत्र आदानप्रदान गरेपश्चात किया नेपालका सहायक महाप्रबन्धक अनिश लामिछानेले विश्वकै खेल जगतमा कियाले सहयोग गर्दै आएको र नेपाली फुटबलमा पनि लगानी गर्न पाउँदाखुशीव्यक्त गरे ।

‘विश्वमै खेलमा कियाको प्रायोजन हेर्ने हो भने विशेषतः फुटबलको विश्वकपलगायत धेरैमा संलग्नता छ । नेपालमा सुपर लिग सुरु हुँदै छ, यसमा हामीसँग मिल्ने कुनै जुझारु टिमसँग सहकार्य गर्ने सोच थियो,’ उनले भने,‘यसबाट धनगढी एफसीसँग हाम्रो भावना मिलेको पायौँ र सहकार्य गर्ने निधोमा पुग्यौँ । हामीले धनगढी एफसी सँग दीर्घकालीन रूपमै सहकार्य गर्ने सोचेका छौँ ।’ 

सम्झौता कार्यक्रममा धनगढीका आइकोनिक खेलाडी किरण चेन्जोङ र मार्की खेलाडी विशाल राई पनि उपस्थित थिए ।  कियाको नयाँ लोगो पनि धनगढी एफसीबाटै सार्वजनिक गरेको छ । कम्पनीको लोगोसहितको जर्सी दुवै खेलाडीले पहिरिएका थिए । किया विश्वकप फुटबल २०१४ र २०१८ को पनि प्रायोजक थियो ।

धनगढीले चेम्जोङ र राईसहित अफ्रिकी मूलका दुई र स्थानीय दुई खेलाडी भित्र्याएको छ । शनिवार वाट सुरु हुने प्रतियोगितामा धनगढीले विराटनगर सिटी फुटबल क्लब विरुद्ध आइतबार प्रतिस्पर्धा गर्दै एनएसएलको यात्रा थाल्नेछ ।