देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलमा बैंगलोरको लगातार चौथौ जित

देशान्तर

इण्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वेन्टी क्रिकेटमा लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लेको छ ।

गएराति भएको खेलमा राजस्थानलाई १० विकेटले हराउँदै बैंगलोरले चौथो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना कुनै विकेटको नोक्सानीमा पूरा गर्‍यो ।

बैंगलोरको जितमा देवदत्त पडिक्कलले अविजित रहँदै १ सय १ रनको शतकीय इनिङ्स खेले । कप्तान विराट कोहलीले अविजित ७२ रन जोडे ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

उसका लागि शिवम दुबेले सर्वाधिक ४६ रन जोडे । जितसँगै बैंगलोर ४ खेलबाट ८ अंक जोड्दै शीर्षस्थानमा उक्लेको छ ।

समान खेलबाट २ अंक मात्रै जोडेको राजस्थान अंकतालिकाको पुछारमा छ ।