देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से १५ अंकले बढ्यो, पाँच अर्ब ९१ करोडको सेयर कारोवार

देशान्तर

काठमाडौं – नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार भने १५ दसमलव आठ अंकले बढेर २६ सय ४८ बिन्दुमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव २१ अंकले बढेर चार सय ७६ दसमलव ६० बिन्दुमा चढेको छ ।

दुई सय १४ वटा कम्पनीहरुको ७५ हजार एक सय आठ पटकको कारोवारमा एक करोड ३० लाख ३२ हजार आठ सय २३ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुल कारोवार रकम पाँच अर्ब ९१ करोड ५१ लाख ३९ हजार आठ सय ८८ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहले गुमाएकाछन भने बाँकी समुहले कमाएकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव २२ अंकले बढेर १८ सय १८ दसमलव ९५ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि चार दसमलव ९८ अंकले बढेर २५ सय ७३ दसमलव १० बिन्दुमा चढेको छ ।

यसैगरी बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहहरुको सुचक पनि बढेकाछन् । आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बिशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर ३१ सय ६८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीम पहिलो स्थानमा परेको हिमालयन ऊर्जा बिकास कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव ४४ प्रतिसतले घटेर तीन सय ६५ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुके सुचीमा पहिलो स्थानमा परेको नेपाल क्रेडिट एण्ड कर्मस बैंकको प्रतिकित्ता तीन सय ४६ रुपैयाँ अन्तिम मुल्यमा ६२ करोड २७ लाख ७९ हजार आठ सय ५ ५० रुपैयाँको कारोवार भएको छ ।