देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनचाँदीको मुल्यमा वृद्धि

देशान्तर

काठमाडौँ – विहिबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य तोलाको ३० रुपैयाँले बढेर प्रतितोला १३३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।