देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशका अधिकांश ठाउँमा बिहानैदेखि वर्षा

देशान्तर

देशका विभिन्न ठाउँमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रोकिने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ । अरू प्रदेशमा भने बादल लागिरहेको र केहीबेरमै पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सुधार हुँदै जाने देखिए पनि पूर्वी क्षेत्रको मौसम भने आज सुधार हुने सम्भावना कम छ ।

यस्तै आज देशका विभिन्न ठाउँमा चट्याङ र हावाहुरीको समेत सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले गण्डकी प्रदेशसहित पश्चिमी भेगका हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।