देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोलकतालाई हराउँदै चेन्नई आईपीएलकाे शीर्ष स्थानमा

देशान्तर

चेन्नई सुपर किंग्स आइपीएल शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको कोलकाता १९ दशमलव १ ओभरमा २ सय २ रनमा अल आउट भयो । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले चार मध्ये तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ ।

बैंग्लोर र दिल्लीको पनि समान ६ अंक रहे पनि रन रेटका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । टस हारेर पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभरमा तीन विकेट गुमाएर २२० रनको योगफल तयार पारेको थियो ।

चेन्नाईका लागि ऋतुराज गायकवाड र फाफ डु प्लेसिसले शतकीय साझेदारी गर्दै बलियो सुरुवात गरेका थिए । हिजो नै भएको पहिलो खेलमा हैदराबादले पन्जाबलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

जितका लागि १२१ रनको विजयी लक्ष्य पछ्याउको हैदराबादले ओपनार जोनी बेयरस्टोको अविजित ६३ रनको सहयोगमा १८ दशमलव ४ ओभरमा पूरा गरेको थियो ।