देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल कुवेत उद्योग बाणिज्य संघमा सुरेन्द्रबिर मालाकार

देशान्तर

काठमाडौं । नेपाल–कुवेत उद्योग बाणिज्य संघको अधिवेशनबाट सुरेन्द्रबिर मालाकार सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा पुष्पदास श्रेष्ठ, उपाध्यक्षमा मिनबहादुर गुरुङ्, सकुन्तलाल हिराचन, कुशप्रसाद मल्ली, महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ, सचिवमा रामबहादुर श्रेष्ठ र सहकोषाध्यक्षमा रञ्जु तण्डुकार सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा उर्मिला श्रेष्ठ, नारायणदेव राणा र रमेश महर्जन निर्वाचित भएका छन् । त्यस अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष सुरेन्द्रबिर मालाकारले नेपाल र कुवेत बिचको व्यापारिक सम्बन्ध बिस्तार, दुबै देशको पर्यटन बिकास लगायतका बिषयमा जोड दिए ।

विश्वको विकशित र सम्पन्न मुलुक कुवेत र प्राकृतिक स्रोत सम्पन्न राष्ट्र नेपालमा नेपाल सरकार, कुवेत सरकार, कुवेतको नीजि क्षेत्र र नेपाल उद्योग बाणिज्य महासंघको समन्वयमा लगानी भित्र्याउन पहल गर्ने गरी २०६८ सालमा नेपाल कुवेत उद्योग बाणिज्य संघ स्थापना गरिएको उनले जानकारी गराए ।