काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेता भट्टराईले प्रधानमन्त्री ओलीसँग पार्टी एकता बचाउन आग्रह गरेका हुन् । भेटमा नेता भट्टराईले पार्टीलाई एकताबद्ध बनाइराख्न भूमिका खेल्न आग्रह गर्दै नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग छलफल गर्न सुझाव दिएका छन् ।
भेटमा प्रधानमन्त्री ओलीले आफु यसका लागि सधै तयार रहेको बताउदै मिलेर काम गरौँ भनेका थिए । अध्यक्ष ओलीले नेपाल(खनाल पक्षका संघीय र प्रदेश गरि ३२ सांसदलाई पार्टीबाट निष्काशित गर्न स्पष्टिकरण सोधेपछि एमाले विवाद नयाँ मोडमा पुगेको छ । यस बिचमा दुवै पक्ष छलफलमा रहेको छ ।
प्रतिक्रिया