देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तरुण दलका पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । दलका अध्यक्ष जित जंग बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै मुलुकमा कोरोना संक्रमण बढ्दै गएकाले गण्डकी प्रदेश र प्रदेश २ मा तय गरिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु स्थगित गरिएको बताएका छन ।

तरुण दलले गण्डकी प्रदेशको पोखरामा यही बैशाख १२ र १३ गते तथा प्रदेश २ को बारामा जेठ १ र २ गते बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु गर्ने तयारी गरेको थियो । अध्यक्ष बस्नेतले कोरोनाको प्रकोप नियन्त्रणमा आइ सामाजिक वातावरण सहज भएपछि केन्द्रीय समितिले पुनः नयाँ मिति सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।