देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना महामारी रोकथामको अन्तिम बिकल्प लकडाउनः मोदी

देशान्तर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी रोकथामको अन्तिम बिकल्प लकडाउन भएको जिकीर गरेका छन् ।

भारतमा कोरोनाले भयावह स्थिती ल्याएपछि देशबासीको नाममा सम्बोधन गर्दै मोदीले अनावश्यक काममा घरबाट बाहिर ननिस्कन र स्वास्थ्य सावधानी अपनाउन सर्वसाधारणलाई अपील गरेका छन् ।

साथै उनले भारतमा कोरोना बिरुद्धको खोप अभियान तीब्र गतीमा अघि बढिरहेकोले यसबाट कोही भारतीय नागरिक बन्चित नहुने पनि बताए ।

देशका युवाहरुलाई अपील गर्दै कोभिड सचेतना अभियान चलाउन उनले आग्रह पनि गरे ।

यसबीच भारतको तमिलनाडु राज्यमा एकैदिन १० हजार ८ सय बढी संक्रमित पुष्टी भएको छ भने ४८ जनाको मृत्यु भएको छ ।

भारतमा कोरानाका कारण हालसम्म १ लाख ८२ हजार ५ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ करोड ५६ लाख ९ हजार बढी छ ।