देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएलमा दिल्ली क्यापिटल्सद्वारा मुम्बई पराजित

देशान्तर

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । दिल्लीको यो तेस्रो जित हो ।

चेन्नईमा मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।

मुम्बई इन्डियन्सले दिएको १३८ रनको लक्ष दिल्ली क्यापिटल्सले ४ विकेट गुमाएर पूरा गरेको हो । मुम्बई इन्डियन्सले पुरै ओभरको खेलमा ९ विकेट गुमाएर १३७ रन बनाएपछि दिल्ली क्यापिटल्सले १३८ रनको लक्ष पाएको थियो ।

जवाफी ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले ४ विकेटको खेल सकिँदा नै लक्ष भेट्टाएपछि ६ विकेटले विजयी भएको हो ।

दिल्लीलाई जिताउनका लागि सबैभन्दा धेरै शिखर धवनले ४५ र स्टेभन स्मिथले ३३ रन जोडेका थिए ।