देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिकोणात्मक टी-२० सिरिज: नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै

देशान्तर

काठमाडौं – त्रिकोणात्मक टी-२० सिरिजको तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिंग गर्दै छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले सिरिजमा लगातार तेस्रो पटक टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् ।

त्रिकोणात्मक सिरिजका यस अघि खेलेका दुवै खेलमा नेपालले जित हासिल गरेर आफुलाई फाइनलको नजिक पुरयाएको छ । नेपालले यस अघि खेलेका दुवै खेलमा नेदरल्यान्ड्स र मलेसियालाई ९-९ विकेटले पराजित गरेको थियो ।

त्यस्तै नेदरल्यान्ड्सले आफ्नो दोस्रो खेलमा मलेसियालाई परजित गरेको थियो । नेपालले आज यस अघि मलेसियासँग खेलेको टिम नै खेल्दै छ ।