देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा २४ घण्टामा २ लाख ५९ हजार संक्रमित, १७६१ जनाको मृत्यु

देशान्तर

काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण हरेक दिन बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १७६१ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ८० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ८० हजार ५३० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार १७० जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ५३ लाख २१ हजार ८९ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म एक करोड ३१ लाख ८ हजार ५८२ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा एक लाख ५४ हजार ७६१ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा २० लाख ३१ हजार ९७७ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल २६ करोड ९४ लाख १४ हजार ३५ नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १५ लाख १९ हजार ४८६ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल १२ करोड ७१ लाख २९ हजार ११३ जनाले कोरोनाको खोप लगाएका छन् ।