काठमाडौं – साताको दोस्रो कारोवार दिन आज सोमबार पनि नेप्से घटेको छ । नेप्से आज ३७ दसमलव ५८ अंकले घटेर २६ सय ६१ दसमलव ९३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ सात दसमलव छ अंकले घटेर चार सय ७९ दसमलव १० बिन्दुमा झरेको छ ।
दुई सय १३ वटा कम्पनीहरुको ७३ हजार पाँच सय ८२ पटकको कारोवारमा एक करोड ४२ लाख सात सय ६८ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब ७६ करोड ६८ लाख एक हजार दुई सय २४ रुपैयाँ पुगेको छ ।
आज १३ वटा समुहको कारोवार भएकाछन् । ति मध्ये जलबिद्युत र फाईनान्स समुहहरुको सुचक सामान्य अंकले बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ३४ दसमलव ८५ अंकले घटेर १८ सय ३६ दसमलव दुई बिन्दुमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ३९ दसमलव १३ अंकले घटेर १३ हजार दुई सय ४६ दसमलव ५८ बिन्दुमा झरेको छ ।
बिकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि उच्च बिन्दुले घटेकाछन् ।
नेप्सेका अनुसार आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९८ प्रतिसतले बढेर छ सय ८३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ८० प्रतिसतले घटेर २१ सय ७३ रुपैयाँमा कारोवार भएको छ
यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता तीन हजार नौ सय ९४ रुपैयाँ अन्तिम मुल्यमा २८ करोड ३४ लाख ४७ हजार एक सय ९७ रुपैयाँको कारोवार भएको छ ।
प्रतिक्रिया