देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेयर बजारमा ३५ अंकले घट्यो

देशान्तर

काठमाडौँ – आइतबार सेयर बजारमा ३५ अंकले घटेको छ । आज ३५ दशमलव ८९ अंकले घटेर परिसूचक २६९९ अंकमा झरेको छ। कारोबार रकम भने उल्लेख्य बढेको छ। कुल ८ अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको छ। यसअघि बिहीबार ८ अर्ब ६३ करोडको भएको थियो। म्युचुअल फण्डबाहेक सबै समूहहरुको सेयर घटेको छ ।

बैंकिङ ३३, ब्यापार १२५, होटल तथा पर्यटन ९२, विकास बैंक ४८, जलविद्युत ३२, फाइनान्स १६, निर्जीवन बीमा १८३, उत्पादन ६७, अन्य २१, माइक्रोफाइनान्स ५०, जीवन बीमा १११ अंकले घटेका छन्। म्युचुअल फण्ड ०.०६ अंकले मात्रै बढेको छ। आज २ कम्पनीको मूल्य करिब १० प्रतिशतले नै बढेको छ। महिला लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढेको हो। अरु दुई कम्पनी दिव्यश्वरी हाइड्रोपावरको मूल्य ९.४ र नेपाल हाइड्रो डेभलपर्सको मूल्य ९ प्रतिशतले बढेको छ।