देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

म्यानमारमा जारी आन्दोलनमा ५१ बालबालिका मारिए

देशान्तर

 म्यानमारमा जारी आन्दोलनका क्रममा सुरक्षाकर्मीको ज्यादतीबाट कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी अप्रिल १३ तारिखसम्ममा ५१ बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो ।

आन्दोलनमा लागेको आरोपमा झण्डै एक हजार बालबालिकालाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएको पनि राष्ट्रसंघले जनाएको छ । हिंसा रोक्न र शान्तिको बाटो रोज्न राष्ट्रसंघले पटक पटक आग्रह गरेपनि हिंसात्मक घटनाहरू भइरहेको भन्दै राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजार्रिकले चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै म्यानमारको सेनाले फेब्रुअरी १ तारिखमा सत्ता नियन्त्रणमा लिएको थियो । सत्ता हातमा लिएकै दिनदेखि सेनाको कदमको विरोध गर्दै म्यानमारमा प्रदर्शन भइरहेको छ ।

म्यानमारमा जारी आन्दोलनका क्रममा अहिलेसम्म ७०७ जनाको मृत्यु भएको छ । राष्ट्रसंघलगायतका विश्वव्यापी संस्था र विभिन्न देशहरुले म्यानमारलाई प्रजातान्त्रिक प्रक्रियामा फर्काउन पटक पटक आग्रह गर्दै आएपनि सेनाले भने अटेर गरिरहेको छ ।