देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डेनमार्कमा कोरोना विरुद्धको ‘एस्ट्राजेनेका’ खोप लगाउन बन्द

देशान्तर

डेनमार्कले कोरोना विरुद्धको अक्सफोर्ड एस्ट्राजेनेका खोप अभियान स्थगित गरेको छ ।

यो खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको हो ।

युरोपियन मेडिसिन एजेन्सीले समेत अक्सफोर्ड एस्ट्राजेनेका खोपका कारण रगत जमेको हुन सक्ने बताएपछि डेनमार्कले यो खोपमा रोक लगाएको हो ।

डेनमार्कका स्वास्थ्य अधिकारीहरुका अनुसार यो खोप लगाएका हरेक ४० हजारमध्ये एक व्यक्तिमा रगत जम्ने समस्यमा पाइएको छ ।

यसअघि युरोपका कतिपय राष्ट्रहरुले अक्सफोर्ड एस्ट्राजेनेका खोपका कारण रगत जमेको भन्दै यो खोप प्रयोगमा रोक लगाएको थियो ।

यद्दपी रगत जम्नुमा खोपको कुनै सम्बन्ध नरहेको पुष्टी भएपछि पुन खोप वितरण गरिएको थियो ।

हाल यो खोप विश्वका थुप्रै राष्ट्रहरुले प्रयोगमा ल्याइसकेको छ । यसअघि अमेरिका, क्यानाडा, दक्षिण अफ्रिका र युरोपियन युनियनले जोनशन एण्ड जोनशनका खोप पनि प्रभावकारी नभएको भन्दै प्रयोगमा रोक लगाएको थियो ।

डेनमार्कमा करीब १० लाखले कोरोना विरुद्धको खोप लगाइसकेका छन् जसमा डेढ लाखले अक्सफोर्ड एस्ट्राजेनेका खोप लगाएका छन् ।