देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्थानीय निकायको निर्वाचनलाई प्राथमिकतामा राख्न राप्रपा नेपालको माग

देशान्तर

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले सरकारले नीति तथा कार्यक्रम घोषणा गर्दा स्थानीय निकायको निर्वाचनलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । 

पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार भूकम्प प्रभावित क्षेत्रमा भूकम्प पुनःनिर्माणमा खटिएका प्रतिनिधिसँग समन्वय गर्न आफ्ना पार्टीका कार्यकर्तालाई सहयोग गर्न पनिआग्रह गरिएको छ । पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा बसेको बैठकले राप्रपासँग एकताका लागि अझ सक्रियताका साथ काम अगाडि बढाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

राप्रपा नेपालका अध्यक्ष स्थायिन विकास मन्त्री समेत हुन् । 

]]>