काठमाडौँ – छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण हरेक दिन बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८७९ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ७१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ७१ हजार ५८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ६१ हजार ७३६ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म एक करोड २२ लाख ५३ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ९७ हजार १६८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
त्यस्तै अहिले भारतमा १२ लाख ६४ हजार ६९८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भारतमा अहिलेसम्म कुल २५ करोड ९२ लाख ६ हजार ७ नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १४ लाख १२२ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल १० करोड ८५ लाख ३३ हजार ८५ जनाले कोरोनाको खोप लगाएका छन् ।
प्रतिक्रिया