देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन

देशान्तर

न्युयोर्क – गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन भएको छ । गिरिजा प्रसाद कोईराला फाउण्डेशन केन्द्रको विधान अनुसार अमेरिका च्याप्टरमा सन् २०२१/२०२४ कार्यकालको लागी ५ सदस्य सल्लाहकार र १३ सदस्य कार्यसमितीको नामावली सिफारीस गरिएको र केन्द्रीय अध्यक्षवाट सो नामहरू अनुमोदित गरी पठाइएको हो।

फाउन्डेशनको अमेरिका च्याप्टरको नवगठीत कार्यसमिति २०२१(२०२४ का पदाधिकारीहरु एंव सल्लाहकारहरुमा क्रमशस् डा केशव भट्टराई, डा राजन पन्त, ऐलाना बरमन, वकील जोन जे मुलोहल्याण्ड जुनियर र वकील लारा ग्रेगोरी छन् ।

यसै गरि च्याप्टरको कार्यकारी बोर्डमा क्रमशस् सोमनाथ घिमीरे अध्यक्ष, सुवर्ण लामा उपाध्यक्ष, छिरीगं राप्के लामा महासचिव तथा दावा शेर्पा कोषाध्यक्ष रहेका छन् । साथै प्रेम पौडेल कार्यसमिति सदस्य, रामचन्द्र अधिकारी कार्यसमिति सदस्य (प्रवक्ता), सुर्य सिंखडा कार्यसमिति सदस्य, रेखा श्रेष्ठ कार्यसमिति सदस्य, राजेश आचार्य कार्यसमिति सदस्य, प्रेम क्षेत्री अधिकारी कार्यसमिति सदस्य, ध्रुव कुँवर क्षेत्री कार्यसमिति सदस्य, सोना शेर्पा कार्यसमिति सदस्य तथा चुन्डी शेर्पा कार्यसमिति सदस्य रहेका छन् ।

अमेरिकी च्याप्टरको कानुनी सल्लाहकारमा वकिल गिरीजा गौतम रहेका छन् । नवगठीत कार्यसमितिको वैठक च्याप्टरको कार्यालयमा वसी संस्थाका भावी कार्य योजनावारे वृहत छलफल समेत गर्यो। यस संस्थाको विशेष पहलमा समुदायमाको भीड विरुद्ध भ्याक्सीन उपलब्ध गराउँदै आएको र आगामी दिनमा अझ सहज वनाउन संस्थाका महासचिव छिरीगं राप्के लामाको संयोजकत्वमा ५ सदस्यीय भ्याक्सीन टास्कफोर्स समिति गठन गरीएको छ।

यसैगरी संस्थाको कार्यसमिति सदस्य रामचन्द्र अधिकारीलाई सर्वसम्मत निर्णय गरी फाउन्डेशनको प्रवक्ताको समेत जिम्मेवारी दिईएको छ। संस्थाले न्युयोर्क राज्यका र सिटीका सरकारी एवं गैरसरकारी संघ-संस्थाहरु र विभिन्न समुदायसँग समन्वय गरी विभिन्न सामाजिक गतिविधि संचालन गर्न फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामाको संयोजनमा ५ सदस्यीय उपसमिति गठन गरेको छ।

युग पुरुष स्व। गिरिजा प्रसाद कोईरालाको नाममा स्थापित संस्था गिरिजा प्रसाद कोईराला फाउण्डेशन हो। स्व। कोईरालाकी सुपुत्री एवं नेपाली कांग्रेसकी प्रभावशाली नेतृ, पुर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माननीय सुजाता कोईराला फाउन्डेशनको संस्थापक अध्यक्ष हुन् । काठमाण्डौ नेपालमा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल विश्वसंजाल छ। फाउण्डेशनको मुल उद्देश्य नेपालमा प्रजातन्त्र शान्ति र विकासका लागि कार्ययोजनाहरु तय गरी नेपाललाई समृद्ध बनाएका हुन् । गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको तदर्थ समिती जनवरी २०१९ मा गठन भएको थियो।