काठमाडौं । चीनको सिनजियाङ प्रान्तको एक कोइला खानीमा पानी भरिँदा २१ जना कामदार फसेका छन् । कोइला खानीभित्र काम भईरहेको समयमा पानी भरिँदा श्रमिकहरु खानीमा फसेका हुन् ।
पानीले २९ जना श्रमिक प्रभावित भएको भएपनि आठ जनाको सकुशल उद्धार गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । श्रमिकहरुको उद्धार कार्य अझै जारी रहेको छ । उद्धारकर्मीहरुले खानीमा भएको पानी पम्पले निकालेर अक्सिजना भित्र पठाउने काम गरिरहेको छ ।
खानीमा हुने यस्ता दुर्घटनालाई चीनमा असामान्य घटनाका रुपमा लिइने गरिएको छैन । खानीहरु विश्वमै खतरनाक मानिन्छन् । गत जनवरीमा मात्र सान्दोङको सुनखानीमा बिस्फोट हुँदा दुई कामदारको मृत्यु भएको थियो ।
प्रतिक्रिया