देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ बसपार्कको होटेलमा युवकको शव भेटियो दुई जना पक्राउ

देशान्तर

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एक होटलमा एक युवकको शव भेटिएको छ ।

स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव शनिबार राति १० बजे होटेलमा फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । महानगरीय प्रहरी महाराजगञ्जका अनुसार मृतकको नागरिकताको आधारमा परिचय खुलेको हो ।

मृतकको घुडामा चोट लागेको तर, शरीरका अन्य ठाउँमा कुनै चोटपटक नलागेको बताइएको छ । हाल मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

घटनामा संलग्न भएको आशंकमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।