देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देउवा निवास बूढानीलकण्ठमा तीन दलको बैठक सुरु

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा तीन दलको बैठक सुरु भएको छ । देउवा निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा०को बैठक बसेको हो ।

बैठकमा कांग्रेसबाट देउवासहितका अरु नेता छन् । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ सहभागी छन् । यस्तै, जसपाबाट नेताहरु महन्थ ठाकुर, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् ।

बैठकमा सत्तासमीकरण र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।