देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टेक्सासमा एक नेपालीको हत्या

देशान्तर

काठमाडौँ – टेक्सासमा एकजना नेपालीलाई गोली हानेर हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।पोखराका रमेश थापालाई गोली हानेर हत्या गर्ने २२ बर्षका फ्रान्सिस ओनियललाई बुधबार बेलुका साउथ इस्ट अष्टिनबाट प्रहरीले पक्राउ गरेको हो । ती व्यक्तिलाई हत्या र खतरनाक हतियारबाट आक्रमण गरेको अभियोग लगाइएको छ ।

मंगलबार राति ३९ वर्षीय थापामाथि गोली प्रहार भएको थियो । अष्टिन प्रहरीले मारिएका व्यक्ति नेपाली रमेश थापा भएको बिहीबारमात्र सार्वजनिक गरेको थियो । पोखरा महानगरपालिदका १८ सराङकोट पंदेली स्थायी घर घएका थापा ११ बर्षदेखि टेक्सासको अस्टिनमा बस्दै आएका थिए । कामबाट घर फर्किदै गर्ने क्रममा आफ्नै अपार्टमेन्टको पार्किङ लटमा उनीमाथि गोली हानिएको थियो । थापाका श्रीमती र १३ बर्षका छोरा नेपालमा रहेका छन् ।

घटना लगत्तै आपतकालिन टोली पुगेर बचाउने प्रयास गरेपनि नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट ती आक्रमणकारी गाडी चढेर फरार भएका थिए । बुधबार प्रहरीले पक्राउ पुर्जी जारी गरेको प्रहरीले बिहीबार उनलाई सार्वजनिक गरेको हो । आक्रमणकारीको धरौटी १० लाख डलर तय गरिएको छ । जसमध्ये साढे ७ लाख डलर हत्या र साढे २ लाख डलर आक्रमणको अभियोगमा रहेको छ ।