देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा कोरोना सङ्क्रमितको संख्या उच्च

देशान्तर

काठमाण्डौ – भारतमा गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट ८ सय जनाभन्दा धेरैको मृत्यु भएको छ । भारतमा सन् २०२० को अक्टोबर महिनापछि कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या यति धेरै पुगेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार गएको २४ घण्टामा कोरोनाका कारण त्यहाँ ८ सय २ जनाको मृत्यु भएको छ भने एक लाख ३१ हजार ८ सय ९३ जना सङ्क्रमित भएका छन् ।

महाराष्ट्रमा मात्रै ६० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । केही दिनयता भारतमा सङ्क्रमितको सङ्ख्या बढेर हरेक दिन एक लाख नाघ्ने गरेको छ । कोरोनाका कारण बालबालिका र युवा पनि उच्च जोखिममा परेका छन् । बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै भारतका केही ठाउँमा रात्रिकालीन कर्फ्यु छ भने केही ठाउँमा लकडाउन छ ।

कर्नाटकको सबैभन्दा ठूलो सहर बैङ्ग्लोरसहित ६ सहरमा भोलिदेखि वैशाख सात गतेसम्म रात्रिकालीन कर्फ्यु लगाइने भएको छ । यस्तै, मध्य प्रदेशमा आज बिहान ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्म लकडाउन छ । यस्तै, कोरोनाको उच्च जोखिम रहेका क्षेत्रका शिक्षण संस्था बन्द भएका छन् ।