देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

देशान्तर

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीच हुने टी–२० त्रिदेशीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

आगामी वैशाख ४ गतेदेखि नेपालमा हुने त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको हो ।

तालिका अनुसार नेपालले वैशाख ४ र ७ मा नेदरल्याण्ड्ससँगविरुद्ध खेल्नेछ । त्यस्तै, ६ र ९ वैशाखमा नेपालले मलेसियाविरुद्ध खेल्नेछ । मलेसियाले नेदरल्याण्ड्सविरुद्ध ५ वैशाख र ८ वैशाखमा खेल्नेछ ।

एउटा टिमले अर्को दुई टिमसँग दुई दुई खेल समूह चरणमा खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीबीच ११ वैशाखमा फाइनल हुनेछ ।