देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप एकै कम्पनीको लगाउनुपर्ने

देशान्तर

काठमाडौं । पहिलो चरणमा जुन कम्पनीको कोरोनाविरुद्धको खोप लगाएको हो दोस्रो चरणको डोजको मात्रा पनि सोही कम्पनीको लगाउन मन्त्रालयले आग्रह गरेको छ। कोरोना संक्रमणबारे दैनिक प्रसारण हुने मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

हाल नेपालमा भारतबाट ल्याइएको कोभिसिल्ड कम्पनीको खोपको पहिलो चरण सकिएको छ। मन्त्रालयले जनाएअनुसार पहिला जुन खोप लगाइएको हो। बाँकी डोज पनि सोही कम्पनीको लगाउनुपर्नेछ। भर्खरै मात्र नेपालमा चीनबाट पनि ‘सेरोभेल’ कम्पनीको खोप ल्याएको छ।

आजबाट उक्त कम्पनीको खोप काठमाडौं उपत्यकाका १४ भन्दा बढी स्थानबाट उक्त खोप दिइने प्राडा जागेश्वर गौतमले जानकारी दिए।