देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा संक्रमितको संख्यामा बढ्दै, एकैदिन १ लाख १५ हजारमा संक्रमण

देशान्तर

काठमाडौँ – भारतमा थप ‍१ लाख १५ हजार २६९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत ९सोमबार० चैत्र २३ मा भारतमा दोस्रो धेरै १ लाख ३ हजार ७९३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २७ लाख ९९ हजार ७४६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १७ लाख ८९ हजार ७५९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ७७९ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६६ हजार २०८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ६३१ जनाको मृत्यु भएको छ ।