देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर सिटीको जित

देशान्तर

एजेन्सी – च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीलाई जित दिलाउन केभिन डी ब्रुएन र फिल फोडेनले एक-एक गोल गरे ।

डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । घरेलु मैदानमा १९ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ८४ औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए ।

यस जितसँगै सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । डर्टमण्डको मैदानमा हुने दोस्रो लेग अप्रिल १४ मा हुनेछ ।