देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुडानको डारफोरमा ४० जनाको हत्या : संयुक्त राष्ट्रसंघ

देशान्तर

खार्तोम – दक्षिणी सुडान राज्यको राजधानी डारफरनजिकैरहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा भएका भिडन्तहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय एक कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता सम्बन्धी समन्वय कार्यालयले सो कुराको जानकारी दिएको छ । प्राप्त समाचारमा सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो । यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो ।

यस भिडन्तका कारण अरु कम्तीमा पनि ५८ जना घाइते भएका पनि बताइएको छ । संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय (ओचा) ले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको सुनिएको जनाएको छ ।

सोमबार साँझतिर पनि यस्तो अवस्था रहेको बताइएको छ । त्यस क्षेत्रमा अहिले पनि ठूलो संख्याका हतियारधारीहरु जम्मा भएर आपसमा भिडन्त गरेका बताइएको छ । संयुक्त राष्ट्रसंघको सो कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम रोकेको छ ।

सो कार्यालयले सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताएको छ । सो क्षेत्रमा विगतका केही महिना यतादेखि हिंसा मच्चिएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भनेर आपसमा एक अर्कामाथि हमला गर्र्दै आएका छन् ।