देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वेस्टह्याम प्रिमियर लिगको चौथो स्थानमा

देशान्तर

इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेड चौथो स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा वेस्टह्यामले वुल्भ्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो । पहिलो हाफमै चार गोल भएको खेलमा तीन गोल नै वेस्टह्यामले गरेको थियो ।


जेसस लिंगार्डले छैटौं मिनेटमा गोल गर्दै वेस्टह्यामलाई अग्रता दिलाएका थिए । १४ औं मिनेटमा पाब्लो फोर्नाल्डले टिमका लागि दोस्रो गोल गरेका थिए भने जेरोड बोइनले ३८ औं मिनेटमा गोल गरेपछि वेस्टह्याम ३–० ले अघि बढकेको थियो ।


४४ औं मिनेटमा बुल्भसका लागि लेन्डर डेनडोकरले वुल्भ्सका लागि गोल फर्काउँदै पहिलो हाफमा ३–१ को अवस्थामा ल्याएका थिए ।


६८ औं मिनेटमा फावियो सिल्भाले वुल्भ्सका लागि दोस्रो गोल गरेपनि हार भने टार्न सकेनन् । यो नतिजापछि वेस्टह्यामले ३० खेलबाट ५२ अंक जोड्दा वुल्भ्सले समान खेलबाट ३५ अंकका साथ तालिकाको १४ औं स्थानमा राखेको छ ।


यस्तै अर्को खेलमा एभर्टन र क्रिष्टल प्यालेसले एक एक अंक लिएका छन् । दुवै टिमले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।