देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बार्सिलोना ला लिगा तालिकाको दोस्रो स्थानमा

देशान्तर

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

सोमबार राति भएको खेलमा रियल भालाडोलिडमाथि १–० गोल अन्तरको जित दर्ता गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ ।

योसँगै शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको अंक दूरी एकमा पनि झार्न सफल भयो ।

२९ खेलबाट एट्लेटिको मड्रिडको ६६ अंक हुँदा बार्सिलोनाले समान खेलबाट ६५ अंक बनाएको छ ।

बार्सिलोनाविरुद्ध बहादुरीपूर्ण प्रदर्शन गरेको भालाडोलिडले अन्तिमसमम गोल गर्नबाट रोकेको थियो ।

तर, निर्धारित समय सकिन थोरै समय बाँकी रहेका बेला ओस्मन डेम्बेलेले गोल गरेपछि बार्सिलोनाले तीन अंक लिन सफल भयो ।