देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नाइजेरियाको जेलबाट १ हजार ८ सय बढी कैदी फरार

देशान्तर

नाइजेरियाको एक जेलबाट १ हजार ८ सय भन्दा बढी कैदीहरु फरार भएका छन् । बन्दुकधारीहरुको आक्रमणपछि उनीहरु फरार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

फरार भएका मध्ये ६ जना कैदीहरु जेलमै फर्किसकेका छन् भने ३५ जनाले जेलबाट भाग्न नै अस्वीकार गरेको बताइएको छ ।

सोमवार बिहान आक्रमणकारीहरू दक्षिण-पूर्वी शहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोटक गराई जेलभित्र पसेका थिए ।

आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड, स्वचालित बन्दुक, विस्फोटक पदार्थ र राइफल बोकेको त्यहाँको प्रहरी प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यसैबीच नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले आक्रमणलाई ‘अराजकतावादीहरूले गरेको आतंकवादको कार्य’को संज्ञा दिएका छन् । उनले सुरक्षा निकायहरूलाई आक्रमणकारी र भाग्न सफल कैदीहरूलाई पक्रन निर्देशनसमेत दिएका छन् ।